
नेकपा एमालेको जारी विधान महाधिवेशन आज सकिंदैछ। आज ५ वटा समूहले आफ्नो नष्कर्ष पेश गरेपछि शिर्ष नेताहरुले यसमाथि जवाफ दिने कायक्रम रहेको हो ।
त्यसपछि स्थायी कमिटिले यी विषय समेटेर पार्टीको बिधान एवं अन्य आधिकारिक दस्तावेजहरु फाईनल गर्नेछ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी बिधान महाधिबशनमा शुक्रवार अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिब ईश्वर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्ताव र संगठन बिभाग प्रमुख विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल भएको थियो ।
जसमध्ये ५ वटा समूहले हिजै आफ्नो निष्कर्ष पेश गरिसकेका छन् । उनीहरुले एमसीसीबारे पार्टीको धारण स्पष्ट हुनुपर्ने सुझाव दिएका हुन् ।
यसैगरि एक बरिष्ठ सहित ७ जना उपाध्यक्ष र २ जना उपमहासचिव राख्नु पर्ने निष्कर्ष पनि समूहगत छलफलले निकालेको छ । यस्तै बिधानमा प्रस्ताव गरिएको ७० वर्षे उमेर हद पनि हटाउनु पर्ने उनीहरुको निष्कर्ष छ ।
यसैगरी पार्टीबाट बाहिरिएका माधब नेपाललगायतका नेताहरुलाई निःशर्त पार्टीमा स्वागत गर्नुपर्ने सुझाब पनि आएको छ ।