नेकपा एमालेको विधान महाधिवेशन सकियो

0 Shares

शुक्रवारदेखि जारी नेकपा (एमाले)को बिधान महाधिबेशनमा बिभिन्न ३ दस्तावेजमाथिको समूहगत रिपोर्टिङ सकिएको छ । 

बिधान महाधिवेशनको तेस्रो दिन आज राजनीति, सांगठनिक र बिधान संशोधन प्रतिवेदनमाथिको समूहगत छलफल सकिएको हो ।

आज विहान प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका साथै जनवर्गीय संगठनका समूहका नेताले आ-आफ्नो समूहको छलफलको निष्कर्ष सुनाएसँगै समूहगत छलफलको रिपोर्टिङ गर्ने काम सकिएको हो ।

प्रदेश १ बाट देबराज घिमिरे, प्रदेश २ बाट ज्वाला साह र गण्डकी प्रदेशको समूहबाट जगतबहादुर विश्वकर्माले समूहको निष्कर्ष सुनाएकाे छ  ।

प्रदेश १, गण्डकी प्रदेश र  जनवर्गीय संगठनबाट समूहको निष्कर्ष सुनाउनेहरू अध्यक्ष केपी शर्मा ओली निकटका नेताहरू हुन् भने प्रदेश २ बाट रिपोर्टिङ प्रस्तुत गर्ने ज्वाला साह पनि ओली निकट हुन्। त्यस्तै, जनवर्गीय संगठनको तर्फबाट अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले समूह छलफलको रिपोर्टिङ प्रस्तुत गरेकी थिइन् ।

प्रभु साह एमालेको विधान महाधिवेशनमा उपस्थित नभएको अवस्थामा प्रदेश २ का नेकपा एमालेका अध्यक्ष ज्वाला शाह लाई समूह नेता चयन गरेर अगाडि बढाइएको।

 

सम्बन्धित समाचार

सबै