नेपाल कम्यूनिष्ट पार्टी (एमाले)मा बरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद थपियो

0 Shares

नेपाल कम्यूनिष्ट पार्टी (एमाले)मा बरिष्ठ उपाध्यक्ष र उपमहासचिब पद थपिने भएको छ ।

शुक्रवारदेखि गोदावरीमा जारी बिधान महाधिबशनमा उपमहासचिब बिष्णु पौडेलले पेश गरेको बिधान संशोधन प्रस्तावमा उपमहासचिब पद राखिएको थिएन ।

तर समूहगत छलफलमा बरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राख्नुपर्ने जोडदार माग उठेको थियो ।समूहगत छलफलपछि जबाफ दिनेक्रममा पौडेलले बरिष्ठ उपाध्यक्ष र उपमहासचिव दुबै पद रहने बताए ।

आइतबार विधान संशोधनमाथि उठेका प्रश्नको जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले १५ सदस्यीय पदाधिकारीको परिमार्जित प्रस्ताव अघि सारेका हुन् ।

त्यसमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्षसहित उपाध्यक्षको संख्या ५, महासचिव १, उपमहासचिव १ र सचिव ७ गरी परिमार्जित प्रस्ताव अघि सार्दै यो प्रस्ताव अनुमोदन हुने विश्वास पौडेलले लिए । ‘कम्युनिस्ट पार्टीमा पदाधिकारी चयन सजिलो हुँदैन, मैले १३ जनाको पदाधिकारी प्रस्ताव गरेको थिएँ । पदाधिकारी धेरै हुँदा व्यवस्थापन गर्न सजिलो हुँदैन, त्यसैले मैले १५ सदस्यीय प्रस्ताव गरेको छु’, पौडेलले उठेका प्रश्नको जवाफ दिए ।

त्यस्तै उनले आयोगको सदस्य पनि १५ सदस्यीय हुने जानकारी गराएका छन्।

सम्बन्धित समाचार

सबै