नेकपा एमालेद्वारा संसद् अवरोध – The kathmandu news

नेकपा एमालेद्वारा संसद् अवरोध

प्रतिनिधिसभाको मंगलबारको बैठक पनि अबरोध गरेको हो । बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरुले बेल घेरेर नाराबाजी गरेका थिए ।

तीन वर्ष भन्दा अघिको सम्पत्तिमा आयकर र मूल्य अभिबद्धि कर मिनाहा गर्ने गरी बजेटमा गरिएको ब्यवस्थाको विरोधमा मंगलवार प्रतिनिधिसभाको वेल घेराउ गर्दै एमाले सांसदहरुले कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन भनी नाराबाजी गरेका थिए ।

सरकारले बजेटमार्फत चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, इन्जिनियर, कानुन व्यवसायी, लेखापरीक्षक लेखापढी व्यवसायी, परामर्श अभिकर्ता तथा मध्यस्थकर्ता, सेवा प्रदायकलगायत प्राकृतिक व्यक्तिले पछिल्लो ३ वर्षको आयकर आगामी फागुन मसान्तभित्र बुझाएमा सो भन्दा अगाडिको आयमा लाग्ने आयकर तथा मूल्य अभिवृद्धि कर मिनाहा हुने व्यवस्था गरेको छ ।

यो व्यवस्थाका कारण स्रोत नखुलेको सम्पत्तिले वैधता पाउने भन्दै एमालेले विरोध जनाएको छ ।एमाले सांसदको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ प्रतिनिधिसभा बैठकमा पेश गर्न अनुमति दिए ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त प्रतिवेदन प्रस्तुत गरेपछि बैठक असोज २२ गतेसम्मका लागि स्थगित भएको छ ।

WriteMyEssayZ.com Coupon EssayRoo Discout Code 1stessays Discount Promo Codes Up to 40% accounting home work EssayUp.com Discount Promo Codes Up to 40% WriteMyEssay.Help Coupon Traditionessaysonline.com Discount Edututor.co.uk Discount UKWritings Promo code Iwriter Coupon Code CoolDissertation.com Coupons 2023 EssayWriter.ca Discount Code 2023 SuperbPaper Discount Promo Codes Up to 40%