जनपद प्रहरीले ६ सय प्रहरीको बिज्ञापन खुला गरे

0 Shares

जनपद प्रहरीले झन्डै ६ सय संख्यामा प्रहरीको बिज्ञापन खुला गरेका छन्  ।जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्राबिधिक समूह अन्तर्गत बिभिन्न उपसमूहतर्फ प्राबिधिक प्रहरी जवान पदहरूमा जागिर खुलेको हो। 

प्रसनिका लागि ३६७ जना माग भएको छ भने प्राबिधिक प्रहरी जवानतर्फ २२८ जनाको माग भएको छ। इच्छुकहरूलाई आबेदन दिन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको हो ।

कात्तिक तिन गतेदेखि मंसिर १२ गतेभित्र आवदेन दिइसक्नु पर्नेछ। प्रसनिका लागि ३ सय र प्रहरी जवानलाई १ सय ५० दस्तुर लाग्नेछ।

प्रसनिका लागि १२ पास गरेको र १८ वर्ष पूरा भएर २४ वर्ष ननाघेको हुनुपर्नेछ। साथै प्रहरी जवानलाई एसएलसी गरेको र १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको हुनुपर्नेछ।

सम्बन्धित समाचार

सबै