0
Shares

कर्णाली प्रदेश स्थित मुगुको छायाँनाथ रारा नगरपालिका-७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २३ जनाको मत्यु भएको छ । उक्त दुर्घटनामा परी १८ जना घाइते भएका छन्।
सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका-७, पिना झ्यारीखोलामा दुर्घटना दुर्घटना भएको हो ।
प्रहरी टोली र स्थानीयहरु उद्वारका लागि घटनास्थलमा पुगिसकेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताएका छन् । घटनाबारे पूर्ण विवरण आइसकेको छैन ।