कर्णाली प्रदेश स्थित मुगुमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ३२ पुगेको हो।
२४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्याउने क्रममा र नेपालगञ्ज पुर्याएका थप ४ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरीका अनुसार दुर्घटना गम्भीर घाइते भएका ४ जना उपचारका क्रममा बाँकेको नेपालगन्ज मृत्यु भएपछि मृतकको संख्या ३२ पुगेको छ ।
उपचारको लागि पठाइएका १६ जना घाइते मध्येबाट ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।प्रहरीले भने चौबीस जना घटनास्थलमा र अरू थप ४ जनालाई एयरपोर्ट पुर्याउँदै मृत्यु भयो। बाँकी घाइते १६ जनालाई हामीले नेपालगञ्ज र कोहलपुर पठाएका थियौं । थप चार जनाको उपचारको क्रममा मृत्यु भएको खबर आएको हो।
तीन जना गाडीबाट हाम फालेको र २ जना दुर्घटना हुनुभन्दा केही समय अघि ओर्लिएको प्रहरीले बताएको छ । नेपालबाट सुर्खेत हुँदै मुगुका लागि गएको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पौने दुई बजेतिर दुर्घटनामा परेको थियो ।
घटनास्थलमा मृत्यु भएकामध्ये १६ जना पुरूष, ७ जना महिला र १ जना बालक छन् । नेपालगञ्जमा अहिले १२ जनाको उपचार भइरहेको प्रहिले जनाएको छ ।