नेकपा एमालेका अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट शानिवार हुने सबै वडाहरुको अधिवेशनको एकसाथ उद्घाटन – The kathmandu news

नेकपा एमालेका अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट शानिवार हुने सबै वडाहरुको अधिवेशनको एकसाथ उद्घाटन

नेकपा एमालेका अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट शानिबार हुने सबै वडाहरुको अधिवेशनको एकसाथ उद्घाटन ।    

नेपाल कम्यूनिष्ट पार्टी (एमाले)को यही कात्तिक ६ गते वडाहरुको अधिवेशन शनिवारदेखि सुरु हुने भएको  छ ।

एमाले अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट सबै स्थानीय तहका वडाहरुको अधिबशनको एकसाथ उद्घाटन गर्ने एमाले केन्द्रीय कार्यालय सचिब शेरबहादुर तामाङले जानकारी गराएको छ  ।

शनिवार बिहान ११ बजे पार्टी अध्यक्ष ओलीले देशभरका इन्टरनेटको पहुँच भएका वडाहरुको अधिवेशन एकसाथ भर्चुअल उद्घाटन गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

यसैलाई नै औपचारिक उद्घाटन मानेर अधिबेशनका कार्यक्रम अघि बढ्ने नेकपा एमालेले जनाएको हो ।हालै ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न बिधान महाधिबशनले एमाले महाधिवेशनको कार्यतालिका तय गरेको थियो ।

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म बुटवलमा गर्ने भएको छ

CollegeEssayPay.com promo code college-paper.org discount code Papersassistance.com Coupon Code