महाकाली नदीमा खतराको सतह नाघेको

0 Shares

आइतवार देखि भइरहेको लगातारको वर्षापछि महाकाली नदीमा खतराको सतह नाघेका छन्  ।

महाकाली नदीमा आएको पानीले खतराको सतह नाघेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो  । आज मङ्गलवार बिहान गरिएको मापनअनुसार महाकालीमा पानीको सतह बढेर ३ लाख ९१ हजार क्युसेक पुगेको हो ।

नदीमा पानीले खतराको सतह नाघेपछि शारदा ब्यारेजमा आवागमनमा रोक लगाइएको छ । अहिले शारदा ब्यारेजमा सवारीसाधन र मानिसको आवागमनलाई पूर्ण रुपमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिमका पहाडी र तराईका जिल्लामा आइतवार रातिदेखि लगातार वर्षा भइरहेका छन् ।

सम्बन्धित समाचार

सबै