0
Shares
आइतबारदेखि लगातार आएको अविरल बर्षाका कारण बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता भएकाे छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले बझाङको थलारा गाँउपालिका–४ डिख्लामा मंगलबार गएको पहिरोमा पर्री २३ जना बेपत्ता भएको
ल जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रबक्ता बिक्रम बहादुर चन्दका अनुसार बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीको परिवारका ५ जना रहेका छन् ।
पहिरोका कारण थलाराका दुई गाँउका स्थानीय विस्थापित भएका छन भने ७ घर पुरिएका छन । तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मावि महेन्द्रधारमा बसिरहेको प्रहरीले जनाएको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा टेलीफोन अबरुद्ध भएका कारण थप जानकारी लिन समस्या भएको छ ।