नेपाल कम्यूनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी ओलीले सरकारमा रहेका दलहरुलाई देश बनाउने भन्दा पनि साँठगाँठ जोगाउने चिन्ता रहेको बताएका हुन् ।
बुधवार काठमाडौंमा एमालेको बाग्मती प्रदेश अधिबेशन आयोजक समिति बैठकलाई सम्बोधन गर्दै ओलीले भने, सरकारको त कुरै नगरौँ । यत्ति बेहाल, यस्ता मान्छे त यो कुनै कालमा पनि देखिएन । यत्ति साह्रो बेहाल भएको छ कि सरकार देश बनाउने होइन, ध्यान नै साँठगाँठ जोगाउने कुरामा मात्रै छ ।उनले साँठगाँठ नगरीकन आगामी चुनावमा एउटा वडा पनि जित्ने अवस्था नरहेको बताए । लडाइँ एमाले र कांग्रेसका बीचमा मात्रै हो । अरुले त साँठगाँठ नगरीकन एउटा वडा पनि जित्दैन । हाम्रो मुख्य प्रतिस्पर्धा कांग्रेससँग मात्रै हो । कांग्रेसले जनताका बीचमा गएर के गरेँ भन्ने ? के देखाउने? त्यो नै छैन,’ ओलीले प्रश्न गर्दै भने, अहिले कांग्रेस नेतृत्वको सरकार छ, तर यो सरकार आलोचना गर्न पनि लायक छैन । टिप्पणी गर्न पनि लायक रहेन ।