
आइतवार देखि लगातार आएको पानीका कारण बाढीपहिरो जानुको साथै जलमग्न भएको हो । अबिरल वर्षाका कारण गएको बाढी-पहिरोबाट देशभर ७७ जनाको मृत्यु भएको छ । ११ जिल्लाका ७७ जनाको बाढी तथा पहिरोका कारण मृत्यु र २६ बेपत्ता भएको गृह मन्त्रालय जनाएको छ ।
मन्त्रालयका अनुसार बाढी तथा पहिरोबाट कालिकोटमा , बैतडीमा , डडेलधुरामा , डोटीमा , हुम्लामा , प्युठानमा , धनकुटामा , सुनसरीमा , पाँचथरमा , इलाममा र उदयपुरमा लगायत जिल्लाहरूमा ७७ जनाको मृत्यु भएका छन् ।
साथै बर्षाका कारण देशका तराई तथा पहाडी जिल्लामा किसानले लगाएको धानखेतीमा ठूलो क्षति पुगेको छ ।
साथै गृहमन्त्रालयले बाढीपिडितलाई राहत तथा उद्धारका लागि निर्देशन दिएको छ ।