खानेपानी संस्थान धनुषाका कार्यालय प्रमुखमाथि दुर्व्यवहार गर्ने सीके राउतका १३ कार्यकर्ता पक्राउ – The kathmandu news

खानेपानी संस्थान धनुषाका कार्यालय प्रमुखमाथि दुर्व्यवहार गर्ने सीके राउतका १३ कार्यकर्ता पक्राउ

खानेपानी संस्थान धनुषाका कार्यालय प्रमुखमाथि दुर्व्यवहार गर्ने सीके राउतका १३ कार्यकर्ता पक्राउ

खानेपानी संस्थान धनुषाका निमित्त प्रमुखलाई दुर्व्यवहार गरेको अभियोगमा धनुषाका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको हो  ।

यसैबीच आफ्ना कार्यकर्तालाई पक्राउ गरेको भन्दै अन्य नेता कार्यकर्ता जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बसेका छन् । नाला तथा ढल निर्माणमा अनियमितता भएको राउतका कार्यकर्ताले बिहीवार निमित्त प्रमुख राजेश कुशवाहा लाई दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका थिए ।

अविरल वर्षातका कारण जनकपुरधाम जलमग्न भएपछि आक्रोशित सिके राउतका कार्यकर्ताले निमित्त प्रमुख राजेश कुशवाहा लाई दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका हुन् ।

जनकपुरधामको रामानन्द चौकस्थित खानेपानी संस्थानको कार्यालयमा लाठी सहित पुगेका जनमत पार्टीका दर्जनौँ कार्यकर्ताहरूले निमित्त प्रमुख कुशवाहालाई जबरजस्ती कार्यालयबाट बाहिर निकालेर नगर परिक्रमा गराएका थिए ।​

कार्यकर्ताहरुले निमित्त प्रमुख कुशवाहाको कपडा च्यात्नुका साथै नालामा रहेको हिलो दलेर अर्धनग्न रुपमा दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका थिए ।

जनमत पार्टीका नेता कार्यकर्ताहरुले प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह विरुद्ध चर्को नारावाजी समेत गरेका थिए ।

4.6 Promo Codes Available