कांग्रेस नेता आफताब आलमको मुद्दामाथि आज पनि सर्बोच्च अदालतमा सुनुवाइ स्थगित

0 Shares

नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमको मुद्दामाथि आज पनि सर्बोच्च अदालतमा सुनुवाइ स्थगित भएको हो ।

सर्बोच्च अदालतमा उक्त मुद्दामाथि सुनुवाईका लागि शुक्रवार पेसी तोकिए पनि महान्यायाधिवक्ताको कार्यालयले माग गरेबमोजिम सुनुवाइ स्थगित भएका छन्  ।

शुक्रवार न्यायाधीश द्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त रिट निवेदनको सुनुवाइ हुने गरी पेसी तोकिएको थियो ।

यसअघि पनि आलमको मुद्दामा पटक पटक पेसी तोकिएको थियो । यद्यपि उक्त रिट निवेदनमा बिभिन्न कारणले सुनुवाइ स्थगित हुँदै आएको छ ।

विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसमेत गरेको सम्बन्धी मुद्दाका सम्बन्धमा हिरासतमा रहेका आलमले जमानतमा रिहाइका लागि माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

सम्बन्धित समाचार

सबै