प्रचण्ड धलिखेल पुगेर जिपलाइन खेले

0 Shares

नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  धलिखेल पुगेर जिपलाइन खेलेका  छन् । आज परिवार सहित धुलिखेल पुगेका प्रचण्डले आफैँले क्लासिक जिपलाइनको अनुभव लिएका छन् ।

पारिवारिक भ्रमणमा रहेका प्रचण्डले जिपलाइन खेलेर मज्जा लिएका धुलिखेल जिपलाइन सञ्चालक वर्ल्ड वाइड एडभेन्चर प्रालिले जनाएको छ ।

साहसिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको निक्कै मज्जा लिएको बताए । पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको प्रचण्डको भनाई छ ।

काठमाडौँबाट करिब ३५ किलोमिटर दूरीमा रहेको धुलिखेल जिपलाइन २०७५ फागुनदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको हो ।

जिपलाइनको कुल दुरी एक हजार एक सय अर्थात् १.१ किलोमिटर रहेको छ ।धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिप लाइनको ल्यान्डिङ स्टेसन रहेको छ।

सम्बन्धित समाचार

सबै