६ हजार भन्दा धेरै वडामा १ साथ एमालेको वडा अधिबेशन, अध्यक्ष ओली गरे उदघाटन

0 Shares

प्रमुख प्रतिपक्षी दल नेपाल कम्यूनिष्ट पार्टी ( एमाले)ले देशभरका ६ हजार भन्दा धेरै वडामा शनिवार १ साथ वडा अधिबेशन सुरु गरेका थिए ।

थापाथली हाइटस्थित केन्द्रीय कार्यालयको एक्सन रुममा शनिवार आयोजित १ कार्यक्रमबीच पार्टी अध्यक्ष ओलीले भर्चुअल रुपमा सबै वडाको अधिबेशन उद्घाटन गरेका छन्।

मंसिर १०-१२ सम्म चितवनमा हुने दशौँ राष्ट्रिय महाधिबेशन अन्तर्गत शनिवार वडा अधिबेशन गरिएको हो।

एमाले स्थायी कमिटी सदस्य विष्णु रिमालका अनुसार शनिवार देशका ६ हजार ७४३ वडामा अधिबेशन भइरहेको छ।

प्राकृतिक प्रकोप भएका केही केही वडामा भने अधिवेशन केही समयपछि हुनेछ। ओलीले ती वडामा पनि चाँडै अधिवेशन सक्न भर्चुअल सम्बोधनका क्रममा निर्देशन दिए।

एमाले आगामी ९ कात्तिकमा देशभरका ७५३ पालिकाहरुको अधिबेशन पनि एकसाथ गर्दैछ।

अधिवेशन उद्घाटन गर्दै ओलीले अहिले पनि एमाले देशको पहिलो शक्ति भएको बताएका छन्। उनले एमाले सकियो भनेर लड्डु खाएकाहरु अहिले एकतावद्ध भएको देखेर बेचैन भएको पनि बताए।

सम्बन्धित समाचार

सबै