एमालेका अध्यक्ष ओली मुलुकमा अब हुने तिनै तहको निर्बाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन

0 Shares

नेपाल कम्यूनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अब हुने तिनै तहको निर्बाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका हुन्  ।

पार्टीको  पालिकास्तरका अधिबशनको आज भर्चुअल माध्यमबाट उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री के ओलीले मिति तय नभए पनि अब मुलुक निर्वाचनतर्फ अग्रसर भएकाले त्यसको तयारीमा लाग्न आग्रह गरेका छन्  ।

पार्टीको केन्द्रीय कार्यालयको वार रुमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, मुलुकका जनताले लडेर ल्याएको लोकतन्त्र र संबिधान तथा राष्ट्रियताको रक्षाका लागि एमाले विजयी हुनुको बिकल्प छैन । जनादेश हाम्रो पक्षमा आउने आत्मविश्वासका लागि देशभर पार्टीका काममा क्रियाशील हुन म आह्वान गर्दछु ।’

एमाले बहुदलीय प्रतिस्पर्धाबाट हरेश नखाने र आगामी निर्वाचनबाट जनादेश प्राप्त गर्ने उनले विश्वास व्यक्त गरे ।एमालेले यही कात्तिक ६ गते सबै वडास्तरमा अधिवेशन गरेको थियो भने आज नगरपालिका र गाउँपलिकास्तरका अधिबशनको मिति तय गरेको हो ।

सो पार्टीको दशौँ राष्ट्रिय महाधिबेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म वाग्मती प्रदेशको चितवनमा हुँदैछ ।

सम्बन्धित समाचार

सबै