काठमाडौं प्रहरी प्रमुख सिंहको सरुवा गर्ने निर्णय रातारात रोकियो – The kathmandu news

काठमाडौं प्रहरी प्रमुख सिंहको सरुवा गर्ने निर्णय रातारात रोकियो

काठमाडौं प्रहरी प्रमुख अशोक सिंहको सरुवा गर्ने निर्णय रातारात रोकियो ।

प्रधानमन्त्री शेरवहादुर देउवाको निर्देशनमा गृह मन्त्रालयले गरेको प्रमुख सिंहको काज सरुवाको निर्णय रोकिएको स्रोतको दाबी रहेको हो ।

मंगलवार प्रमुख सिंहलाई सरुवा गरेर भैरहवा विमानस्थलमा पठाउने निर्णय भएको थियो तर सिंहको स्थानमा केन्द्रीय अनुसन्धान ब्युरोमा रहेका एसएसपी सुदीप गिरीलाई काज सरुवा गरिएका थिए।

आफ्नो सरुवा भएको सूचना पाएपछि सिंहले सरुवा रोक्न लबिङ गरेका थिए । गृह मन्त्रालयका अधिकारीहरु भने सरुवाबारे अनभिज्ञता प्रकट गरेका छन् ।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले भने काज सरुवा गर्ने निर्णय भएको पुष्टि गरे । उनले भने, तर आज फेरि सरुवा कार्यान्वयन नगर्न आदेश आएको छ ।’

काठमाडौँ प्रहरी प्रमुखको रुपमा सिंहको एक वर्षे कार्य अवधि पूरा हुन चार हप्ता बाँकी थियो । सामान्यतया कुनै पनि प्रहरी कार्यालयको इन्चार्जलाई कम्तीमा १ वर्षसम्म सरुवा गरिँदैन

Top 20 Discount Coupons BestEssay4u.com Coupon 4.7 Promo Codes Available free accounting homework help online MaxHomework.com Coupon Myessaygeek.com Promo code 2023 Dissertationfirst.co.uk Coupon Code