
नेकपा माओवादीको केन्द्रले प्रधानमन्त्री केपी ओलीलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मंगलवर वसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । आजको बैठक सक्दा बेलुकाको ५ बजिसकेका कारण बुधबार कार्यालय खुलेपछि समर्थन फिर्ताको पत्र बुझाइने माओवादी केन्द्रले बताएको छ ।
यसअघि माओवादीले समर्थन फिर्ता लिने निर्णय गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएको थियो । नयाँ सत्ता समीकरण बनाउन नेपाली काँग्रेसका र जनता समाजबादी पार्टी सँग भएको छलफल टुंगोमा नपुगेपछि पार्टीले समर्थन फिर्ता लिन सकेको थिएन । तर, प्रधानमन्त्री केपी ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि पार्टीले बैठक बसेर समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेको हो ।