कम्युनिष्टहरुले परसम्म जाने सपना देख्छन्ः प्रचण्ड

0 Shares

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले लिएको विचार र कार्यक्रमका कारण फेरी माओवादीमाथि आकर्षण बढिरहेको बताएका छन्। काठमाडौंको कीर्तिपुरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले माओवादी प्रतिक्रियावादीको दयाले यहाँसम्म आइपुगेको नभई जनताले साथ दिएर अहिलेको अवस्थामा आएको पनि बताए। प्रचण्डले भने, ‘कम्युनिष्टहरुले परसम्म जाने सपना देख्छन्। त्यसकारण सपना देख्नु जायज हो।’ उनले राम्रो सपना देखेर सपना पुरा गर्नको निम्ति संघर्ष गर्नु कम्युनिष्टहरुको चरित्र र विशेषता भएको अभिव्यक्ति दिए ।

कम्युनिष्टहरु जति सबैलाई एकताबद्ध गरि शक्तिशाली पार्टी बनाउने, त्यो पार्टीलाई सही दिशा र विचारमा लिएर जाने र सामाजिक न्यायसहित आर्थिक विकास र समृद्धिको नयाँ समाजवादी अर्थतन्त्र, राजनीति र संस्कृतिको जग बसाउने भन्ने सपना देखेको पनि बताए ।

एक अर्का प्रसंगमा उनले भने, ‘अहिले फेरि माओवादी र अझ मधेशमा माओवादी प्रवेश गर्नेहरूको हजारौं हजारको लहर देखिन थालेको छ।’ पार्टीमा उभार आउन अझै बाँकी रहेको उल्लेख गर्दै उनले त्यसका लागि जनता कार्यकर्ता जाग्नुपर्ने बताए । भूमिहीन स्ववासीलाई लालपुर्जा दिने काम कीर्तिपुरबाट सुरु गर्न सम्बन्धित मन्त्रीलाई आवश्यक सुझाव दिएको प्रचण्डले बताए।

सम्बन्धित समाचार

सबै