सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा बनाउन दंगा प्रहरी परिचालन 

0 Shares

काठमाडौंः सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा पारिएको छ। गृहमन्त्रालयले सोमबार सर्वोच्च अदालत र एशोसिएसन परिसरमा मुठभेड हुने सम्भावना बढेपछि दंगा प्रहरी परिचालन गरि सुरक्षा व्यवस्था कडा पारिएको हो।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरु सर्वोच्चमै धर्ना बसेपछि सुरक्षा व्यवस्थालाई थप कडा पारिएको हो । केही दिनअघि कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनका अधिकारीहरुबीच इजलासबारे विवाद सृजना हुँदा कुटाकुट समेत भएको थियो।

सर्वोच्च परिसरमा ५० बढी दंगा प्रहरी परिचालन गरिएको छ। आन्दोलनमा दंगा प्रहरी परिचालन गरेपछि कानुन व्यवसायीहरुले खेद प्रकट गरेका छन्। एशोसिएसनका सचिव ऋषिराम घिमिरेले सर्वोच्चभित्र प्रहरी परिचालन गरेर न्यायापालिका माथि नै प्रश्न खडा गरेको बताए।

बहस बहिष्कार गर्दै आन्दोलनमा उत्रिएका वकिलहरुले जबराले राजीनामा नदिएसम्म आन्दोलनलाई निरन्तरता दिने बताएका छन्।

सम्बन्धित समाचार

सबै