मुख्यमन्त्री आचार्यले दिए पदबाट राजीनामा, समाजवादीका राजेन्द्र राई मुख्यमन्त्रीमा चयन

0 Shares

इटहरीः प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् । सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएको घोषण गरेका हुन् ।
प्रदेशसभामा विश्वासको मतको प्रस्तावमा सोमबार निर्णय गर्ने कार्यसूची थियो । तर मुख्यमन्त्री आचार्यले प्रक्रियामा प्रवेश गर्नुअघि नै प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा दिने घोषणा गरेका हुन् ।

अहिलेको अवस्थामा दलहरू मिलेर जानुको विकल्प नरहेको पनि उनले बताए । आफ्नो सरकारमाथि भएको आलोचनालाई सकारात्मक रुपमा लिने भन्दै आचार्यले आगामी सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए । आफ्नो सरकारले विकास र समृद्धि, सेवा विस्तार, कोरोना भाइरस नियन्त्रण तथा रोकथाम, खोपको व्यवस्थापनमा ध्यान केन्द्रीत गरेर काम गरेको उनले बताए ।

९२ सदस्यीय प्रदेशसभामा एकल बहुमत रहेको एमालेका ५१ सदस्यमध्ये १० जना प्रदेश सांसद एकीकृत समाजवादीमा गएपछि एमाले ४१ जनामा सीमित भएको थियो । सत्तारुढ गठबन्धनले प्रदेश १ मा नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । एकीकृत समाजवादीबाट राजेन्द्र राई मुख्यमन्त्रीका दाबेदार हुन् ।

सम्बन्धित समाचार

सबै