यसकारण दिए घिसिङले चिनियाँ ठेकेदारलाई ठेक्का तोड्ने चेतावनी ! – The kathmandu news

यसकारण दिए घिसिङले चिनियाँ ठेकेदारलाई ठेक्का तोड्ने चेतावनी !

सिन्धुपाल्चोकः सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २ सय २० केभी सबस्टेसन निर्माणमा लापरबाही र ढिलासुस्ती भएको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चिनियाँ ठेकेदारलाई कार्यसम्पादन सुधार नगरे ठेक्का तोड्ने चेतावनी दिए । निर्माणस्थलको अवलोकनका लागि आइतबार त्यहाँ पुगेको घिसिङले चिनियाँ कम्पनीहरू ग्वाङ्सी ट्रान्समिसन एन्ड सबस्टेसन कन्स्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको काम सन्तोषजक नभएको भन्दै कार्यसम्पादन सुधार गर्न चार महिनाको अल्टिमेटम दिएको छ ।

“करिब दुई वर्षअघिको भन्दा निर्माणस्थलको कामको प्रगति उल्लेख्य देखिएको छैन,” घिसिङले निर्देशन दिँदै भने, “चार महिना हेर्छौं, त्यसपछि पनि यस्तै अवस्था रहने हो भने ठेक्का तोड्नुको विकल्प छैन ।”खिम्ती, तामाकोसी र भोटेकोसी नदी क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन तामाकोसी–काठमाडौँ उच्च क्षमताको प्रसारण लाइन र सबस्टेसन निर्माण सुरु गरिएको हो ।

प्राधिकरणले आयोजनाअन्तर्गत रामेछापको न्यु खिम्ती, बाह्रबिसे र काठमाडौँको लप्सीफेदीमा ४०० केभीको सबस्टेसन पनि निर्माण गरिरहेको छ । एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋणमा प्रसारण लाइन तथा सबस्टेसनको निर्माण भइरहेको हो । गोरखापत्र दैनिकबाट

Edussons.com Promo BritishEssayWriters.co.uk discounts GenuineEssay.co.uk promo code Promo Codes where can i get a resume done for free online research paper writer BestEssays Discount Code 2023 writemypapers promo code