प्रधानमन्त्री देउवा र मोदीबिच भेटवार्ता, दिगो विकासमा महत्वपूर्ण भुमिका रहने प्रम मोदीको भनाई

0 Shares

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलनमा भाग लिन ग्लास्गो पुगेका प्रधानमन्त्रीले मंगलबार बिहान भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री देउवासँग आफ्नो भेट भएको बारे मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत तस्बिर शेयर गर्दै जानकारी गराएका छन् । उनले तस्बिरसँगै दिगो विकासका लागि सँगै काम गर्न महत्वपूर्ण भुमिका रहने बताएका छन् ।

सम्बन्धित समाचार

सबै