जबराले राजीनामा नदिए बारले थप कार्यक्रम घोषणा गर्नसक्ने श्रेष्ठको भनाई

0 Shares

काठमाडौँः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको एशोसियनले आन्दोलनको स्वरुप परिवर्तन गर्ने भएको छ । जबराले भोली बुधबारसम्म पनि निकास नदिए सडक आन्दोलनमा जाने बारको योजना छ।

नेपाल बार एशोसीयनका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार भोलि बुधबारको कार्यक्रमपछि कानुन व्यवसायी र जनता सडकमा आउने अवस्था आउन सक्नेछ । प्रधानन्यायाधीशले राजीनामा नदिए बारले थप कार्यक्रम घोषणा गर्नसक्ने उनले बताए।

नेपाल बार एसोसियसनले प्रधानन्यायाधीशकै कारण न्यायीक क्षेत्रमा विचलन छाएको भन्दै आन्दोलनमा जाने घोषणा गरेको छ। बारले यसअघि कालोपट्टी बाँध्नेदेखि बेन्च बहिष्कारसम्मका कार्यक्रम ल्याएको थियो।

सम्बन्धित समाचार

सबै