पुनः चीनलगायतका देशमा फर्किएर अध्ययन गर्ने माग गर्दै विद्यार्थीले बुझाए ज्ञापनपत्र – The kathmandu news

पुनः चीनलगायतका देशमा फर्किएर अध्ययन गर्ने माग गर्दै विद्यार्थीले बुझाए ज्ञापनपत्र

काठमाडौँः विभिन्न सात विद्यार्थी संगठनहरुले कोभिड–१९ महामारीका कारण चीन लगाएतका देशबाट स्वदेश फर्किएका विद्यार्थीलाई पुन सोहि स्थानमा नै गएर पढ्ने वातावरण मिलाउन सरकारसंग माग गरेका छन् ।

नेविसंघ , अखिल क्रान्तिकारी, माधव नेपाल निकट अनेरास्ववियु लगाएतका संगठनले मंगलबार परराष्ट्रमन्त्री नारायण खड्कालाई ज्ञापन बुझाउदै कोरोनाका कारण सयौं विद्यार्थीहरु स्वदेशमै बाध्य भएर बस्न परेको र अव पुन चीन लगाएतका अन्य देशमा गएर अध्ययन गर्ने वातावरण मिलाउन माग गरेका छन् । पुनः चीनलगायतका देशमा फर्किएर अध्ययन गर्ने वातावरण नबन्दा विद्यार्थीहरूको शैक्षिक भविष्य अन्योलमा परेको भन्दै यसका लागि पहल गर्न उनीहरूले सरकारलाई आग्रह समेत गरेका छन् ।

ज्ञापन पत्र बुझाउदै अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले उच्च शिक्षा अध्ययनका लागि अभिभावकले गरेको करौडाँँै लगानी खेर जाने अवस्था रहेको र विद्यार्थीको भविष्य पनि अन्यौलमा परेको भन्दै कुटनीतिक पहलमार्फत विद्यार्थी पठाउने व्यवस्था गर्न आग्रह गरे ।

त्यस्तै, ज्ञापन पत्र बुझदै मन्त्री खड्काले सम्बन्धीत निकायमा यस विषयमा छलफल सुरु गरिसकेको भन्दै अन्य पहल गर्ने आश्वासन दिए । विद्यार्थी संगठनहरुले प्राविधिक विषयहरुको अध्ययन अनलाइनबाट सम्भव नहुने भएकाले विद्यार्थीहरुको गुनासो छिटो भन्दा छिटो सम्बोधन गर्न मन्त्री खड्काको भनाई छ ।

 

99papers discount code NonPlagiarismGenerator.com coupon code ExlusiveThesis Discount Promo Codes Up to 40% Buy Promo Code here