देशलाई फाइदा हुने काममा सरकार सधैँ सकारात्मक रहने अर्थमन्त्री शर्माको भनाई

0 Shares

सङ्खुवासभाः अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको अरुण नदीबाट उत्पादित विद्युतले नेपालको अर्थतन्त्र मजबुद बनाउने बताएका छन् । खाँदबारी नगरपालिका-९ तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा मंगलबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नेपालको अर्थतन्त्र मजबुद बनाउन नेपाल सरकारको लगानीमा माथिल्लो अरुण, किमाथांका अरुण निर्माण गर्न लागिएको पनि उनले उक्त कार्यक्रम मार्फत जानकारी दिए।

व्यापारमा हुने घाटा कम गर्न सक्ने स्रोत-साधन सङ्खुवासभामा रहेकाले सरकारको तर्फबाट लगानी बढाउने उनले प्रतिबद्धता जनाए ।

सम्बन्धित समाचार

सबै