काठमाडौँः नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले सर्वोच्चका न्यायधिशहरुले राजीनामा दिन नहुने बताएका छन् । नेकपा एकीकृत समाजवादीले (हिजो) मंगलबार रौतहटको गौरमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले केपी ओलीले दुई पटक प्रतिनिधीसभा विघटन गरेर लोकतन्त्रको हत्या गर्न खोज्दा अदालतले संसदलाई जोगाएको भन्दै सवोच्च्चका न्यायधिशहरुले राजीनामा दिन नहुने बताएका हुन् ।
उनले लाज पचाएर एमाले अध्यक्ष ओलीले न्यायधिशको राजीनामा मागेको आरोप समेत लगाए । उनले गठबन्धन सरकारमा आफ्नो पार्टी पनि रहेको भन्दै अव जनता र देशका लागि काम गर्ने जिकिर गरे । नेपालले आफ्नो पार्टीको हैसियत खोज्नेलाई नै प्रदेशबाट आउट गरेको बताए । केपी ओलीको दम्भकै कारण केन्द्र देखि प्रदेशमा एमाले सरकारबाट हट्नुपरेको उनको भनाई छ ।
उनले जनताको सेवा गर्ने भावनाबाट टाढिएर लुटेराहरुसँग नजिकिएको आरोप लगाउँदैे उक्त पार्टी लुटेरा पार्टी भएको अभिव्यक्ति दिए ।