0
Shares
काठमाडौंः कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँण सुर्खेत पुगेका छन् । सुदूरपश्चिम क्षेत्रका डडेलधुरा, बझाङ र बैतडीका बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै उनी बुधबार सुर्खेत पुगेका हुन् ।
उनले बाढी–पहिरो प्रभावित क्षेत्रका स्थानीयवासीसँग क्षति र पुनर्निर्माणका लागि चाल्नुपर्ने कदमबारे अन्तरक्रिया गर्ने बताइएको छ। जिल्लामा गएको असोज ३१ देखि कात्तिक ३ गतेसम्म बाढी–पहिरोका घटनामा ठूलो जनधनको क्षति भएको थियो ।
उनले कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीलगायत नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।