मन्त्री खतिवडाले गरे विभिन्न खोप केन्द्रको स्थलगत निरीक्षण

0 Shares

काठमाडौंः स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले विभिन्न खोप केन्द्रमा पुगेर स्थलगत निरीक्षण गरेका छन् । मन्त्रालयले यही कात्तिक १६ गतेदेखि आजसम्म बल्खु, कोटेश्वर, गोंगबु र कलंकीमा सञ्चालन गरेको कोरोना विरुद्धको खोप केन्द्रमध्ये कोटेश्वर र बल्खुको निरीक्षण गरेका हुन् ।

सो क्रममा मन्त्री खतिवडाले महामारीलाई न्यूनीकरण गर्न खोप प्रभावकारी रहेको बताए। मन्त्री खतिवडाले तिहारपछि पनि खोप केन्द्र सञ्चालन गरिने प्रतिबद्धता जनाएका छन् ।

विभिन्न मुलुकबाट एक करोड खोप आयात गर्न लागिएको जानकारी दिँदै उनले ती खोप बालबालिकाका लागि प्रयोग गरिने उल्लेख गरे । मंगलबार तीन हजार व्यक्तिले खोप लगाएकामा आज थप १० हजारले लगाउने अनुमान गरिएको छ। त्यसैगरी आज ग्वार्कोमा पनि खोप केन्द्र थप गरिएको छ।

सम्बन्धित समाचार

सबै