पछिल्लो २४ घण्टामा ३ सय ९५ जनामा संक्रमण पुष्टि

0 Shares

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय ९५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालका कोरोना संक्रमितको संख्या ८ लाख १३ हजार ८ सय २८ पुगेको छ ।

त्यस्तै थप ४ सय ३९ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९३ हजार २ सय ७१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ३४ पुगेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

सबै