
काठमाडौँः वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाले मात्रै अहिले अदालतभित्र देखिएको समस्याको समाधान नहुने टिप्पणी गरेका छन् । रिपोटर्स क्लब नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले अदालतमा यो अवस्थाको सिर्जना गर्ने पेशेबर सिण्डिकेट चलाउनेहरु रहेको पनि गम्भीर आरोप लगाए । अदालतमा भ्रष्टाचार हुने मुहानको अर्थात् सुरुवातको काम नै त्यो न्यायाधीश नियुक्ती थियो भन्ने उनले दाबी गरे ।
प्रतिनिधिसभा विघटनसम्बन्धी अदालतमा मुद्दा परेपछि असामान्य स्थिति पैदा भएको पनि उनले बताए । प्रधानन्यायाधीश जबराले भागबण्डा खोजेको भन्ने कुरा उठेको उल्लेख गर्दै उनले देशको राजनीतिमा यदि न्यायापालिकाले हात हालेको हो भने त्यो गलत भएको समेत टिप्पणी गरे । उनले अहिले बारले अघि बढाएको आन्दोलनकै कारण समग्र समस्यालाई समाधान गर्न नसक्ने पनि टिप्पणी गरे ।
सर्वोच्च अदालतका १९ जना न्यायाधीशहरुले बेन्च बहिष्कार गरेको घट्नालाई उनले प्रचलित कानून र कुनै पनि ढंगले यसलाई स्विकार गर्न नसकिने जिकिर गरे । यसले राजनैतिक रुपमा यसको निकास खोजिनुपर्ने आवश्यकत्ता औल्याउए ।