दलहरूको गलत प्रवृत्तिका कारण नै प्रजातन्त्रले सहि दिशा लिन नसकेकोः पूर्व प्रधानन्यायाधीश श्रेष्ठ

0 Shares

काठमाडौँः पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिक दलहरु जनता तर्साउदै हिड्ने गरेको आरोप लगाएका छन् । हिजो (बुधबार) काठमाडौंमा नेपालको राजनीतिक सन्दर्भ (घट्नाक्रमहरुको संगालो)’ पुस्तक विमोचन गर्दै श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले नेपालका राजनीतिक दलहरु जनता तर्साउदै हिड्ने गरेकाले प्रजातन्त्र नै कमजोर भएको आरोप लगाएका छन्् । श्रेष्ठले नेपालको प्रजातन्त्र कम्पनीको रुपमा विकसित भएको टिप्पणी पनि गरे ।

न्यायपालिका लगाएत जुनसुकै महत्वपूर्ण निर्णय पनि दलहरुको हस्तक्षेप गर्ने गरेको र त्यसमा स्वार्थ देखिएको उनले बताए । राजनीतिक दलहरूको गलत प्रवृत्तिका कारण नै प्रजातन्त्रले सहि दिशाबोध गर्न नसकेको उनको भनाई छ ।

 

सम्बन्धित समाचार

सबै