0
Shares
काठमाडौः नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले चाँडै चुनाव हुन्छ भनेर भ्रममा नपर्न आग्रह गरेका छन् । बिहिबार मध्यपुर थिमि नगर कमिटीको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
संघीय संसदको चुनाव आफ्नै समयमा हुने बताउदै उनले छिटै चुनाव नहुने बताए । उनले आगामी चुनावमा पाँच दलको गठबन्धन बलियो हुने दाबी गरे ।
अब केही समयमा राष्ट्रियसभाको, स्थानीय तहको र रिक्त स्थानमा संघीय उपनिर्वाचन हुन लागेको भन्दै नेता नेपालले कलम छाप चिन्ह भएको एकीकृत समाजवादीको नै जित हुने बताए ।