0
Shares
काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार (आज) स्वदेश फर्किँदैछन् । संयुक्त अधिराज्य (बेलायत)को ग्लास्गोमा भएको संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वल्र्ड लिडर समिटमा भाग लिन गएका प्रधानमन्त्री देउवा बिहीबार स्वदेश फर्किँन लागेका हुन् ।
सम्मेलनमा भाग लिन देउवा २० सदस्यीय प्रतिनिधिमण्डल सहित एक साताअघि १२ कात्तिकमा बेलायत प्रस्थान गरेका थिए । ग्लास्गोमा रहँदा प्रधानमन्त्री देउवाले सम्मेलनलाई सम्बोधन गर्दै कार्बन उत्सर्जन कटौती गर्न हातेमालो गर्न जरुरी रहेको बताएका थिए ।
सम्मेलनका क्रममा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न देशका राष्ट्र प्रमुखलाई पनि भेटेका थिए ।