गुरुङद्धारा तिहारको शुभकामना सन्देश प्रदान

0 Shares

गण्डकीः गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले तिहार मनाउने हाम्रो मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगतको अन्योन्याश्रित सम्बन्ध रहेको बताएका छन्।

तिहार पर्वको अवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै उनले घरघरमा काग, कुकुर, गाई, गोवर्द्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने, देउसी भैलो खेल्दै नाचगान र मनोरञ्जन गर्ने र अन्तिम दिन भाइटीका लगाउने परम्परा रहेको शुभकामना सन्देशमा उल्लेख छ।

उज्यालो पर्व तिहारले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस् भन्ने कामना गर्दै सन्देशमा उनले कोरोना भाइरसको महामारीका कारण परिवारका सदस्य तथा समाजको बृहत् सुरक्षालाई विशेष ध्यान दिन सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

सबै