
तेह्रथुमः तेह्रथुममा सञ्चालित वडा स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधी वडा नं ६ चुहान डाँडाले जितेको छ । मंगलबार देखि जारी खेलमा वडा नं ३ ह्वाकुले दोस्रो तथा वडा नं ५ छातेढुङ्गाले तेस्रो स्थान ओगटेको स्थानीय मदन उप्रेतीले जानकारी दिए।
दिपावलीको अवसरमा आयोजित प्रतियोगिताको प्रथम हुने टिमले नगद २० हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरेका छन् भने द्धितिय र तृतिय हुने टिमले क्रमशः नगद १० हजार र ५ हजार सहित प्रमाण पत्र हात पारेका छन् । खेलमा उत्कृष्ट खेलाडी ह्वाकूका अमृृत लिम्बू बनेको छ ।
प्रथम पुरस्कार खाम्लालुङ घरभई हाल दक्षिण कोरियामा रहनुभएका सुमन हाङ्स्रोङले प्रायोजन गर्नुभएको थियो भने दोस्रो र तेस्रो क्रमशः ईवाका मदन उप्रेती र हाल दक्षिण कोरियामा रहेका प्रह्लाद ओलीले गरेका थिए ।
समापन समारोहमा गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बूको समेत उपस्थिती रहेको थियो ।