माओवादी नभए देश र जनताले सुख नपाउने प्रचण्डको भनाई

0 Shares

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माओवादी नभइ देश र जनताले सुख नपाउने बताएका छन् ।

बिहिबार नेवा राष्ट्रिय मुक्ति मोर्चाले नेपाल संवतका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले उक्त कुरा बताएका हुन् । प्रचण्डले अहिले अन्तर्राष्ट्रिय र देशभित्रका प्रतिगामी शक्ति आफूलाई सिध्याउने षड्यन्त्रमा लागेको पनि बताए ।

माओवादी केन्द्र सिध्याउन प्रचण्ड सिध्याउनुपर्छ भनेर प्रतिक्रियावादीहरु लागेका उनले बताएका छन् । अन्तर्राष्ट्रिय र देशभित्रका प्रतिक्रियावादीहरु प्रचण्डलाई हराउनैपर्छ भन्नेमा छन् उनले थपे। उनले भने जनताको पक्षमा काम गर्न नयाँ संकल्पका साथ लागेका छौं । यसरी सक्रिय भयौं भने आगामी चुनावबाट देशको नेतृत्व लिन सक्छौं भन्ने छ ।

अहिले षड्यन्त्र सिद्धियो अवस्था नरहेको भन्दै उनले षड्यन्त्र परास्त गर्न माओवादी बलियो हुनुपर्ने बताए ।

सम्बन्धित समाचार

सबै