
काठमाडौंः विवेकशील साझा पार्टीले बहुमत प्राप्त गरेको छ । रवीन्द्र मिश्रको नेतृत्वमा बसेको केन्द्रीय समिति बैठकले कायम गरेको एक सय २४ सदस्यीयलाई निर्वाचन आयोगले स्वीकार गरेको हो ।
मिश्रले विधानसमेत संशोधन गरेर केन्द्रीय समिति हरेफेर गरेका थिए, जुन विवरण निर्वाचन आयोगमा अद्यावधिक भएको छ ।
विवेकशील र साझा पार्टीबीच एकता गर्दा बनेको विधानमा केन्द्रीय समितिको बैठक अध्यक्ष मिश्र र संयोजक पाण्डेको सहमतिमा मात्र बस्ने उल्लेख थियो । तर, मिश्रले विधान संशोधन गरेर यो अधिकार अध्यक्षलाई दिएका थिए ।