0
Shares
एजेन्सीः कुवेतमा नेपालीको गैरकानूनी धन्दा पुनः एकपटक सार्वजनिक भएको छ । ९० बोतल घरेलु मदिरासहित तीन नेपाली पक्राउ परेपछि लुकिछिपी अवैध मदिराको उत्पादन र अवैध व्यापारको धन्दा सार्वजनिक भएको हो ।
कुवेत प्रहरीले स्थानीय स्तरमा उत्पादित र आयातित ९० बोतल मदिरासहित तीन नेपालीलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार त्यहाँको सल्मिया क्षेत्रमा नियमित गस्तीका क्रममा प्रहरीले गाडीको डिकीमा ठूलो परिमाणमा स्वदेशी गाँजा र मदिरा फेला पारेको छ ।
कुवेतमा भिसा अवधि सकिएर अवैधानिक भएर बसेका नेपाली घरेलु मदिरा उत्पादनको अवैध धन्दामा लाग्ने गरेकोे पटक पटक सार्वजनिक हुने गरेको छ ।