
काठमाडौंः उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको मौलिकता र पहिचानका लागि नेपाल संवतलाई प्रवर्द्धन गर्न र व्यवहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको बताएका छन्।
उनले नेपाल संवत ११४२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै आजको दिनले नेपाल संवतको प्रवर्द्धन र व्यावहारिक प्रयोगका लागि सबैलाई प्रेरणा दिने विश्वास समेत व्यक्त गरेका छन्।
प्रगतिशील सामाजिक अभियान्ता तथा नेपालका राष्ट्रिय विभूति शङ्खधर साख्वाःले आफ्नो व्यक्तिगत सम्पत्तिबाट गरिब किसान जनतालाई ऋणमुक्त गरी सुरु गरेको नेपाल संवत् नेपालको मौलिक राष्ट्रिय संवत् रहेको उनले स्मरण गराए ।