0
Shares
एजेन्सीः अन्तर्राष्ट्रिय सफ्ट पावरको सूचकांकमा जर्मनी लगातार पाँच वर्षदेखि संसारको पहिलो मुलुक बन्दै आएको छ ।
कुल ६० मुलुकहरूको सफ्ट पावरको सूचीमा जर्मनीले पहिलो स्थान कायम गरेको हो ।
नेसन ब्रान्ड इन्डेक्समार्फत प्रशासन, मित्रतापूर्ण व्यवहार, संस्कृति र जीवनको गुणवत्ता जस्ता ६ वटा मापदण्डका आधारमा ६० देशको मूल्यांकन गरिन्छ ।
उक्त सूचीमा जर्मनीपछि क्यानडा, जापान, इटली र बेलायत परेका छन् । बेलायत दोस्रो स्थानबाट झरेर पाँचौंमा पुगेको हो । पर्यटकहरूलाई स्वागत नगरेको अनि वातावरण संरक्षण गर्न नसकेकाले बेलायतको स्थान खस्केको अनुमान लगाइएको छ।