देउवाद्धारा नेपाल संवत् एप र नेपाल संवतको पात्रो सार्वजनिक – The kathmandu news

देउवाद्धारा नेपाल संवत् एप र नेपाल संवतको पात्रो सार्वजनिक

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतक प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गराएको बताएका छन् । शुक्रबार भक्तपुरको ठीमीमा नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाः को प्रतिमामा माल्यार्पण तथा नेपाल संवत् ११४२ को शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

नेपाल संवत्को प्रचलन र गरिबी उन्मूलनको अभियान थालनी गरेबाट समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन गरेको ऐतिहासिक योगदानले राष्ट्रको गौरव बढाएकोले शंखधरलाई राष्ट्रिय विभूति पदले सम्मानित गरिएको पनि प्रधानमन्त्री देउवाले उल्लेख गरे ।

उक्त अवसरमा प्रधानमन्त्री देउवाले नेपाल संवत् एप र नेपाल संवत्को पात्रो सार्वजनिक गरे । नेपाल संवतको विद्युतीय पात्रो सार्वजनिक भएकोमा खुसी व्यक्त गरे । राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (ईसं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गरेका थिए । नेपाल संवत्का दिन राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले विविध कार्यक्रम गरी उनको योगदानको सम्झना गर्दै आएको छ ।

Contentwriting.ae Coupon Code Theessayplace.com Promo code 2023 writinghelp Writingtoserve.net Discount Coupon Essaytigers.co.uk Discount Writemypaper.net Promo code 2023 Use Your ?? Discount Cod