चाडपर्वमा देखिएको विकृतिलाई रोक्नुपर्छः उपराष्ट्रपति पुन – The kathmandu news

चाडपर्वमा देखिएको विकृतिलाई रोक्नुपर्छः उपराष्ट्रपति पुन

काठमाडौंः उपराष्ट्रपति नन्दबहादुर पुनले चाडपर्वमा देखिएको विकृतिलाई रोक्दै मौलिकता जोगाउनेतर्फ सबैको ध्यानाकर्षण गराएका छन्। उज्यालो र उल्लासको पर्व तिहारको शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् ।

सबै खाले चाड पर्वको संरक्षण र संवर्द्धन गर्नु सबैको दायित्व रहेको उपराष्ट्रपतिको भनाइ छ। उनले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभामा सुख, शान्ति, समृद्धि, सु(स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।

सन्देशमा उनले भनेका छन्, ‘महान् चाड तिहारले नेपालीकाबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप बलियो बनाउनेमा विश्वस्त छु।’

जनताको लामो संघर्षपछि देशमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था राजनीतिक परिवर्तन प्राप्त भएको उल्लेख गर्दै उनले यी परिवर्तनलाई संविधानले संस्थागत गरेसँगै देश स्थायी शान्ति, दिगो विकास, राजनीतिक स्थायित्व र प्रत्येक नेपाली जनताको आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नती र समृद्धिको मार्गमा रहेको बताएका छन्। उनले संविधानको पूर्णपालनसँगै राजनीतिक स्थायित्व, दिगो विकास, राष्ट्रिय एकता, आर्थिक सामाजिक रुपान्तरणसहितको समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीलाई उर्जा थप्ने विश्वास व्यक्त गरेका छन्।

hire someone to write research paper Essay Arsenal Coupon Code EssayShark Promo Code SuperiorPapers.com coupon code IWriteEssays Promo Code, Coupons, Discount Codes and Review how to write a research paper essay MyAssignmentsHelp.co.uk Discount Code PaperNow.org Promo Domyhomework.guru Discount Code Essay-creation.com Coupon Code online college homework help Writings.com Coupon Code BestCustomWriting Promo Code, Coupons, Discount Codes and Review