0
Shares

तनहुँः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जनताले आफूलाई भरोसा गरेकाले सो भरोसा टुट्न नदिने बताएका छन् । व्यास नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दैँ मन्त्री श्रेष्ठले जनताप्रति सधैं उत्तरदायी भएर काम गर्ने प्रतिबद्धता गर्दै यस्तो बताएका हुन् ।
उनले विगतमा जिल्लावासीको हितका लागि काम गर्दै आएको र जिल्लाको विकासका लागि सधैँ क्रियाशील रहने बताए ।
स्थानीयवासीले मन्त्री श्रेष्ठलाई विभिन्न विकासका मागसहित ज्ञापनपत्रसमेत बुझाएका थिए। आमा समूहकी अध्यक्ष अम्बिका पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य प्रतापलाल श्रेष्ठ, केन्द्रीय सदस्य शंकरनारायण श्रेष्ठलगायतले धारणा व्यक्त गरेका थिए।