पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुलाई अमेरिकाले दियो आवागमनमा स्विकृति – The kathmandu news

पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुलाई अमेरिकाले दियो आवागमनमा स्विकृति

एजेन्सीः अमेरिकाले २० महिना लामो आवागमन प्रतिबन्ध अन्त्य गर्दै सोमबारबाट पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुहरूलाई आफ्नो सीमा खुला गर्ने भएको छ । पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले कोभिडका कारण सन् २०२० को मार्च महिनामा उक्त प्रतिबन्ध लगाएका थिए ।

ब्रिटेन र युरोपेली सङ्घका देशहरू सहित ३० भन्दा बढी देशहरू अमेरिकी नियमबाट प्रभावित हुँदा पारिवारिक पुनर्मिलन हुन नपाएको र पर्यटन क्षेत्रमा ठूलो धक्का पुगेको थियो ।

तर आजबाट भने पूर्ण मात्रा खोप लगाएका यात्रुहरूलाई सीमा खुल्ला गरिएको छ । आगन्तुकहरूको खोपको अवस्थालाई निकै सजगतापूर्वक हेरिने अधिकारीहरूले बताएका छन् ।

अब यात्रुहरूले उड्नुअगावै पूर्ण मात्रा खोप लगाएको प्रमाणपत्र, यात्राको तीन दिन भित्रको कोभिड नेगिटिभ देखिएको परीक्षण र आफ्ना सम्पर्क विवरणहरू बुझाउनुपर्नेछ । अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा आएका सात मुख्य खोपहरूलाई त्यस क्रममा मान्यता दिइनेछ ।

पेरिसको एक ट्राभल कम्पनीका प्रमुखले उक्त निर्णयसँगै आश्चर्यजनक बुकिङ देखा परेको रोयटर्स समाचार संस्थालाई बताएका छन् । कोभिड फैलनबाट रोक्ने उद्देश्यले सन् २०२० को सुरुतिरै चिनियाँ यात्रुहरूलाई अमेरिका आउन रोकिएको थियो र त्यसपछि प्रतिबन्ध अन्य देशका लागि विस्तार गरियो । अब क्यानडा र मेक्सिकोसँगको जमिनतर्फको सीमा पूर्ण खोप लगाएकालाई खुला गरिनेछ।

Boom Essays Reviews Studentassignmenthelp.co.uk Discount Code FreelanceHouse Discount Promo Codes Up to 40% Essayseller.com Coupon Code Edusson.co.uk Promo code 2023 Buy discount PaperFellows Promo Code premier essay promo code EssaysEmpire.com discount code writing for money Penmypaper.co.uk Promo code 2023 Au.essayshark.com Coupon Code Writer4Sale.com fresh discount Buy Promo Code