प्रधानमन्त्री देउवा र अध्यक्ष दाहाल, नेपालबीच बालुवाटारमा भेटवार्ता

0 Shares

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटवार्तामा समसामयिक वर्तमान अवस्थाको बारेमा छलफल भएको जनाइएको छ।

बालुवाटार स्रोतका अनुसार गठबन्धन दलको बैठक ५ बजे बस्ने तय भएको छ । प्रधानन्यायाधीश प्रकरणमा दलहरु मौन रहेको आरोप लगिरहेको समयमा गठबन्धनको बैठक बस्न लागेको हो।

यसअघि नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दलहरुको गठबन्धन शीर्ष नेताको गठबन्धन जस्तो भएको बताएका थिए।

 

सम्बन्धित समाचार

सबै