१३ दिनदेखि बेपत्ता फ्रान्सेली नागरिकको खोजीका लागि तालिम प्राप्त टोली खटाइयो

0 Shares

सोलुखुम्बुः सगरमाथा क्षेत्रमा १३ दिनदेखि बेपत्ता फ्रान्सेली नागरिकको खोजीका लागि तालिम प्राप्त टोली खटिएको छ । कूल ६ हजार ७ सय ८३ मिटर उचाइमा पर्ने खाङतेगा हिमाल आरोहणका क्रममा बेपत्ता भएका ३ जना फ्रान्सेली नागरिकको खोजीका लागि तालिम प्राप्त टोली खटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार तालिम प्राप्त १४ जना फ्रान्सेली नागरिक सहितको टोली आइतबार हेलिकोप्टरमार्फत खुम्बु आएको छ । उक्त टोलीले सोमबारदेखि काम सुरु गर्ने जनाए । आज (आइतबार) मौसम प्रतिकूल बनेकाले खोजी कार्य सुरु हुन नसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

होलिडे हिमालय ट्रेक्स एण्ड एक्सपीडिसन प्रालि मार्फत ८ जनाको टोली माउन्ट खाङतेगा हिमाल आरोहणका लागि असोज १८ गते लुक्ला पुगेका मध्ये थोमस, गाब्रियल र लुइस नाम गरेका ३ जना फ्रान्सेली नागरिक बेपत्ता छन् । रासस

सम्बन्धित समाचार

सबै