गृहमन्त्री खाँणले भने-सरकारको पहिलो दायित्व नै नागरिकको सुरक्षा हो ! – The kathmandu news

गृहमन्त्री खाँणले भने-सरकारको पहिलो दायित्व नै नागरिकको सुरक्षा हो !

काठमाडौँः गृहमन्त्री बालकृष्ण खाँणले एमालेले सदन अवरुद्ध गरेकाले नागरिकताजस्ता महत्वपूर्ण विधेयक ल्याउन नसकेको बताएका छन् । आज (सोमबार) जनकपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री खाँणले आफूहरु सरकारमा आइसकेपछि एमालेले सदन नै चल्न नदिएका कारण नै विधेयक ल्याउन नसकेको बताएका हुन् ।

उनले सदन चल्न दिन एमालेसंग आग्रह पनि गरे । त्यस्तै उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका स्वतन्त्र ढंगले नै चल्नुपर्ने सबैको चाहना रहेको र अब न्यायपालिकाको विवाद छिटो अन्त्य गर्ने पहल भईरहेको बताए ।

मन्त्री खाणँले नागरिकको जीवन रक्षाका लागि सरकार गम्भीर रहेको भन्दै सरकारको पहिलो दायित्व नै नागरिकको सुरक्षा रहेको उल्लेख गरे ।

बिमानस्थलमा कांग्रेस नेताहरु रामकृष्ण यादव, मुक्ता कुमारी यादव, प्रदेश मन्त्रीद्वय रामसरोज यादव र विरेन्द्र सिंह लगाएतले मन्त्री खाँणलाई स्वागत गरेका थिए ।

EssayWriter Discount Promo Codes Up to 40% eCheat Discount Promo Codes Up to 40% Economicshomeworkhelp.com Promo Code Iwriter Coupon Code can i pay someone to write my research paper KingEssays.com coupon code PapersOwl.com discount code The List of Top Dissertation Services in 2020 pay to get your resume done BritishEssayWriting.co.uk coupon code proessay writing discount code accounting homework help order paper JustBuyEssay Coupon Code BoomEssays.com coupon code