एसका नेता खनाल पार्टीको काममा फर्किए – The kathmandu news

एसका नेता खनाल पार्टीको काममा फर्किए

काठमाडौंः नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल पार्टीको काममा फर्किएका छन् । मिर्गौला प्रत्यारोपण गरेपछि घरमै आराम गरिरहेका उनी स्वास्थ्य लाभ गरी पार्टीको काममा फर्किएका हुन् ।

उनले हिजो (सोमबार) पार्टी कार्यालय पुगेर विदेश विभागको बैठक राखेका थिए । एसका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टी केन्द्रीय कार्यालय, मीनभवनमा खनाल उपस्थित भएर विदेश विभागको पहिलो बैठक बसेको बताए ।

गत २० साउनमा नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा मिर्गौला प्रत्यारोपण गरेपछि उनी चिकित्सकहरुको सल्लाहमा घरमै आराम गरिरहेका थिए ।

Terms of Use Promo Codes pay for a resume essay helper free GrabMyEssay Promo code PimpMyPaper.com Promo Codes EssayService Reviews Promo Codes Essayempire.com Coupon Code Solidessay.com Discount Code